यस्तो छ वीरेन्द्रनगर नगरपालिकाको बजेट (पूर्णपाठसहित)
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंयाको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार र चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार विनियोजन गरिएको छ ।
यस्तै वित्तिय व्यवस्थापनतर्फ ३ करोड २० लाख बजेट छुट्याइएको छ । चालु बजेटभन्दा आगामी आर्थिक वर्षको बजेट साढे ३७ लाखले बढी हो । नगर उपप्रमुख निलकण्ठ खनालले ११ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रदेश राजधानी समेत रहेको नगरपालिकाले पूर्वाधारका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरपालिकाले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वस्च्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’भन्ने नारा अघि सारेको छ ।
बजेटमा विद्युत नपुगेका वडाहरूमा विद्युतीकरण गर्नका लागि १ करोड बजेट विनियोजन गरिएको छ भने मुख्य बजारमा आकाशे पुल निर्माण गर्नेसम्मका योजनाहरु समेटिएका छन् । बढी सवारी चापहरू भएका मंगलगढी र एरिचोक जसत स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्नका लागि १० लाख बजेटको छुट्याइएको छ । महिला स्वरोजगार कार्यक्रमका लागि ७० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण