अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेदवारी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्।
विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एक दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
नेपालमा छदै नेपाल सरकारले ४० बर्षभन्दा मुनिका युवालाई दिने मोती पुरस्कारबाट सम्मानित भइसकेका पूजाले नारायणी वाङ्मय पुरस्कार, भानुमोती पुरस्कार, भानुभक्त लेखन पुरस्कार, भानुभक्त द्वशर्वार्षिकी स्वर्ण पदक, नेपाल प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा पुरस्कृत भएसँगै दुई दर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् ।
गजल मञ्चको संस्थापक अध्यक्ष, हिमालयन लायन्स क्लब बोस्टनको अध्यक्षसमेत रहेका पूजाले सांगठनिक क्षेत्रमा समेत कुशल नेतृत्वकर्ताको रूपमा परिचय बनाएका छन् ।
जुलाईको ९ र १० मा विधुतीय माध्यमबाट हुने निर्वाचन अनेसासका २३८१ मतदाताले मतदान गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण