क्यान्सर पीडित तामाङलाई भेटे प्रचण्डले, उपचारमा सहयोगको लागि पहल गर्ने आश्वासन
आइतबार, १२ असार २०७९, १० : १०
क्यान्सर पीडित शम्भु तामाङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै पुगेर भेटेका छन्।
कम उमेरमा सगरमाथाको आरोहण गरेर उनले कीर्तिमानी कायम गरेका तामाङलाई प्रचण्डले आज बिहान ललितपुरको हरिसिद्धि स्थित क्यान्सर अस्पताल पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य उपचारमा सरकारी सहयोग उपलब्ध गराउन पहल गर्ने बताएको सचिवालयले जनाएको छ।
सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए। सिन्धुपाल्चोक घर भएका तामाङ महाराजगञ्ज बस्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण