बोल्ड साम्राज्ञी
पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् ।
कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ । यो फिल्ममा उनी हास्य कलाकार जीतु नेपालसँगको जोडीको रूपमा देखिँदै छिन् । उनको रिलिज हुन बाँकी फिल्म ‘तिम्रो मेरो साथ’ पनि हो । अब भने उनी फिल्म ‘लण्डन टू पेरिस’ छायाँकन गर्ने तरखरमा छिन् ।
साम्राज्ञी सामाजिक सञ्जाल मार्फत भने फ्यानसँग जोडिने गरेकी छन् । सोही क्रममा उनले बोल्ड तस्बिर समेत शेयर गर्दछिन् । हालै पनि सामाजिक सञ्जालमा उनले दुई बोल्ड तस्बिर राखेकी छन् । जसमा उनी निक्कै सुन्दर र आकर्षक समेत देखिएकी छिन् । लेहेङ्गा पहिरनको उक्त तस्बिरमा फ्यानले रुचाएका छन् । जसमा सकारात्मक प्रतिक्रिया समेत दिएको देख्न सकिन्छ ।
भुवन केसीको फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीले करिब दर्जन हाराहारी फिल्म अभिनय गरेकी छन् । ति मध्य केही मात्र सफल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण