कोइराला पक्षको भेला बत्तीसपुतलीमा, उपसभापति खड्काले बोलाए सानेपामा बैठक

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । समितिका संयोजक समेत रहेका खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको भन्दै त्यसअघि परिचालन समितिको बैठक बस्न लागेको खड्काले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आज दिउँसो १ बजे स्थानीय निर्वाचन परिचालन समितिको बैठक बस्दैन । बैठकमा स्थानीय निर्वाचनको परिणामबारे समीक्षा हुन्छ ।’
अनुसार परिचालन समितिले केन्द्रीय कार्यसमितिमा स्थानीय निर्वाचनको प्रतिवेदन बुझाउने बुझाउने छ । यता नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरु बैठक बोलाएका छन् । दिउँसो दुई बजे काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको बैठक बस्न लागेको छ । सभापति शेरबहादुर देउवाले विधानको पालना नगरेको र भ्रातृ संस्थामा एकलौटी गरेको भन्दै कोइराला पक्ष आन्तरिक रणनीति बनाउने तयारीमा छ ।
कोइराला पक्षको बैठकलाई काउन्टर दिने गरी उपसभापति खड्काले स्थानीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको देखिन्छ । कोइराला पक्षीय शीर्ष नेता पनि परिचालन समितिको सदस्य छन् ।
नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार लगायत समितिका सदस्य छन् । केन्द्रीय समिति बैठकअघि उपसभापति खड्काले बैठक बोलाएपछि कोइराला पक्षका नेता सानेपा जाने कि बत्तीसपुतली भन्ने अन्योल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने
-
पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील
-
इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प