इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
इस्लामवाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबिचको हालैको द्वन्द्वबारे टिप्पणी गरेका छन् । उनले भनेका छन्– ‘देश पनि मेरो हो र सेना पनि ।’ खानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘भारतसँगको हालैको तनावले फेरि एकपटक पाकिस्तान एक बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको छ’ उनले पोस्टमा लेखेका छन्– ‘जसरी हाम्रा सैनिकहरूले सीमामा मोदीलाई पराजित गरे, त्यसरी नै पाकिस्तानी जनताले, विशेष गरी सामाजिक सञ्जालमा, विश्वभर मोदी र आरएसएसको कथालाई पराजित गरे ।’
अझ अगाडि उनले लेखेका छन्– ‘मोदीले पाकिस्तानमा नागरिक बालबालिका, महिला, वृद्ध वृद्धा र प्रतिष्ठानहरूलाई निशाना बनाएर कायरता देखाएका छन्, जसको जवाफ हाम्रा सेनाहरूले पूर्ण शक्ति र टिकताका साथ दिए ।’
बीबीसी उर्दूका अनुसार मोदीले पाकिस्तानलाई आर्थिक रूपमा पनि हानि पुर्याउन हर सम्भव प्रयास गर्ने भएकोले कुनै पनि नयाँ आक्रमणको अवस्थामा देश तयार र एकताबद्ध रहनुपर्ने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण