इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प
रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो अडान परिवर्तन गरेका छन् । आफूले इरानसँग सम्झौता गर्न चाहेको कुरा उनले मुखै खोलेर भनेका छन् । साउदी अरब आइपुगेका ट्रम्पले रियादमा साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । इरानमाथि उनले क्षेत्रीय विभाजन निम्त्याएको र विदेशमा रक्तपातलाई आर्थिक सहयोग गरेको आरोप समेत लगाए ।
यसैक्रममा उनले भने- ‘म इरानसँग सम्झौता गर्न चाहन्छु । यदि म इरानसँग सम्झौता गर्न सके भने म निकै खुसी हुनेछु ।’ आफ्नो यो भ्रमण विगतमा इरानका नेताहरूले गरेको अराजकताको निन्दा गर्नका लागि नभएर उनीहरूलाई आशावादी भविष्यतर्फ नयाँ र राम्रो बाटो देखाउन भएको ट्रम्पले बताए ।
‘इरानी नेतृत्वले छिमेकी देशमा आक्रमण जारी राख्यो भने हामीसँग कुनै विकल्प रहने छैन र इरानमाथि अधिकतम दबाब दिनुपर्नेछ । यसका लागि, हामी इरानको तेल निर्यात पूर्ण रूपमा बन्द गर्नेछौँ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण