आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प

बुधबार, ३१ वैशाख २०८२, १६ : ४६
बुधबार, ३१ वैशाख २०८२

रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो अडान परिवर्तन गरेका छन् । आफूले इरानसँग सम्झौता गर्न चाहेको कुरा उनले मुखै खोलेर भनेका छन् । साउदी अरब आइपुगेका ट्रम्पले रियादमा साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । इरानमाथि उनले क्षेत्रीय विभाजन निम्त्याएको र विदेशमा रक्तपातलाई आर्थिक सहयोग गरेको आरोप समेत लगाए । 

यसैक्रममा उनले भने- ‘म इरानसँग सम्झौता गर्न चाहन्छु । यदि म इरानसँग सम्झौता गर्न सके भने म निकै खुसी हुनेछु ।’ आफ्नो यो भ्रमण विगतमा इरानका नेताहरूले गरेको अराजकताको निन्दा गर्नका लागि नभएर उनीहरूलाई आशावादी भविष्यतर्फ नयाँ र राम्रो बाटो देखाउन भएको ट्रम्पले बताए । 

‘इरानी नेतृत्वले छिमेकी देशमा आक्रमण जारी राख्यो भने हामीसँग कुनै विकल्प रहने छैन र इरानमाथि अधिकतम दबाब दिनुपर्नेछ । यसका लागि, हामी इरानको तेल निर्यात पूर्ण रूपमा बन्द गर्नेछौँ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप