प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो हुँदैन : गुरुङ
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो नहुने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले संविधान बनाउँदादेखि नै त्रुटी भएको बताउँदै प्रदेशलाई बलियो बनाउनतिर लाग्नु पर्ने बताए ।
‘हामीले संविधान बमोजिम कतिपय कानुन बनाएपनि कार्यन्वयन गर्न सकेका छैनौ । कतिपय कानुन बनाउनै सकिएको छैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने,‘प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो बनाउन सकिदैन । त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउँ ।’ प्रदेशलाई अधिकार सम्पन्न बनाउँदा नसक्दा आमसर्वसाधरणदेखि राजनीतिक नेतृत्वले प्रश्न उठाएको गुरुङले बताए ।
‘नेपालको संघीयता बनाउँदादेखि नै समस्या भएको छ । विश्वभर नै संघीयता प्रदेश र संघ दुई किसिमका देखिएका छन । स्थानीय तह प्रदेशको मातहतमा हुन्छन्’ गुरुङले भने,‘यहाँ समानन्तर रुपमा तीन तहको बनायो । स्थानीयलाई पनि सिधै संघले हेर्ने भयो । प्रदेशलाई भुमिकाविहीन बनाइयो ।’ प्रदेशलाई विशेषाधिकार सम्पन्न बनाउनु पर्ने भन्दै गुरुङले स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत
-
कांग्रेस वर्तमान गठबन्धन भत्काउन शुरुबाटै लागेको छः नेता दाहाल
-
सातु र सर्बत खाएर अक्षय तृतीय मनाइयो (तस्बिरहरू)
-
जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध मुद्दा दायर
-
तयार भयो ‘बोर्डर २’को स्क्रिप्ट
-
डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग