प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो हुँदैन : गुरुङ
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो नहुने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले संविधान बनाउँदादेखि नै त्रुटी भएको बताउँदै प्रदेशलाई बलियो बनाउनतिर लाग्नु पर्ने बताए ।
‘हामीले संविधान बमोजिम कतिपय कानुन बनाएपनि कार्यन्वयन गर्न सकेका छैनौ । कतिपय कानुन बनाउनै सकिएको छैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने,‘प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो बनाउन सकिदैन । त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउँ ।’ प्रदेशलाई अधिकार सम्पन्न बनाउँदा नसक्दा आमसर्वसाधरणदेखि राजनीतिक नेतृत्वले प्रश्न उठाएको गुरुङले बताए ।
‘नेपालको संघीयता बनाउँदादेखि नै समस्या भएको छ । विश्वभर नै संघीयता प्रदेश र संघ दुई किसिमका देखिएका छन । स्थानीय तह प्रदेशको मातहतमा हुन्छन्’ गुरुङले भने,‘यहाँ समानन्तर रुपमा तीन तहको बनायो । स्थानीयलाई पनि सिधै संघले हेर्ने भयो । प्रदेशलाई भुमिकाविहीन बनाइयो ।’ प्रदेशलाई विशेषाधिकार सम्पन्न बनाउनु पर्ने भन्दै गुरुङले स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण