लिभरपुलमै रहने भए सलाह
शनिबार, १८ असार २०७९, ०७ : ०३
मोहमद शालाहले लिभरपुलसँग तीन वर्षको नयाँ करार गरेका छन् । बीबीसीका अनुसार नयाँ करार अनुसार शालाहले हप्तामा ३ लाख ५० हजार पाउण्ड कमाउनेछन् । योसँगै ३० वर्षीय खेलाडी क्लबको सबैभन्दा बढी कमाउने खेलाडी पनि बनेका छन् ।
इजिप्टका फरवार्डको क्लबसँग मात्र एक वर्षको करार बाँकी थियो । उनी क्लबमा रहने नरहने भन्नेमा द्विविधा रहेको थियो । यो निर्णय उनी र क्लब दुवैका लागि उत्कृष्ट हो । मलाई लाग्छ उनी अब हाम्रो हुन् । यो क्लब उनको हो, लिभरपुलका म्यानेजर योर्गन क्लपले भने ।
रोमाबाट लिभरपुल भित्रिएयता पाँच वर्षमा शालाहले क्लबका लाग २५४ खेलमा १५६ गोल गरिसकेका छन् । यस क्रममा उनले च्याम्पियन्स लिग, प्रियिमर लिग, एफए कप, लिगकप, फिफा विश्वकप र युईएफए सुपर कप जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण