देशमा पर्यटन विश्वविद्यालय आवश्यक छ, स्थापना गर्न पहल गर्छु : प्रचण्ड
शनिबार, १८ असार २०७९, १२ : ५०
नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । नेपाल माउन्टेनरिङ एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखा परेको बताएका हुन् ।
एशाेसिएशनले ककनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए ।
‘म चाँडै सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव पेस गर्छु,’ प्रचण्डले भने, ‘देशलाई पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।’ यस्तै, अध्यक्ष दाहालले एशाेसिएनशनलाई नेपालमा पर्यटन प्रवर्द्धनमा थप भूमिका खेल्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण