टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने - ममाथि अन्याय भयो
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताए ।
सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भूमिका छैन । ममाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’ आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको भिडियो देखिन्थ्यो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
तर शाहले भने भिडियोमा आफूलाई कुनै रियाक्शनबिना सुताइएको बताए । ‘इमोसनले’ ढङ्गले प्रस्तुत भएको छ । मेरा आँखासँगै जुँगापनि ठूला–ठूला बनाएर प्रस्तुत गरिएको छ,’ शाहले भने,‘ कुरा उठिसकेपछि मैले स्पष्टिकरण गर्न जरुरी हुन्छ । किनकी हामी समाजप्रति उत्तरदायी छौँ । समाजप्रति बफादार छौँ, हामीले समाजमा गर्ने एउटा सानो गल्तीले त्यसले ठूलो प्रभाव पार्छ भन्ने हामीले बुझेका छौँ ।’
शाहले समाजमा नकारात्मक सन्देशहरू र विकृत हुने भएकाले आफूले त्यस्तो हर्कत नगरेको दाबी गरे । उनले भने,‘ मलाई अन्याय पर्यो भनेर न्याय माग्न पत्रकारहरुसमक्ष आएको हुँ । उक्त भिडियोमा देखिएको मान्छे म हैन प्रविधिको गलत प्रयोग गरिएको हो । मैले आफू बच्नलाई यस्तो भनेको होइन। म ¥यालिटीमा रहेर कुरा गर्दै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण