शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा काँग्रेसको समीक्षा : गठबन्धनकै कारण पहिलो पार्टी !

पार्टीको साख जोगिने गरि काम गर्न निर्वाचित जनप्रतिनिधिलाई निर्देशन
आइतबार, २६ असार २०७९, ०८ : २९
आइतबार, २६ असार २०७९

कर्णाली प्रदेशमा नेपाली काँग्रेसले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गरेको छ । गठबन्धनकै कारण प्रदेशमा काँग्रेस पहिलो पार्टी बन्न सफल भएको प्रदेश कमिटीले निष्कर्ष निकालेको छ । 

प्रदेशमा काँग्रेसले काँग्रेसले २५ नगरपालिका मध्ये  १२ प्रमुख, ९ उपप्रमुख, ५४ गाउँपालिका मध्ये २० अध्यक्ष, १८ उपाध्यक्ष र ५ जिल्लामा जिल्ला समन्वय समितिमा जित्न सफल भएको काँग्रेस कर्णाली प्रदेशका प्रवक्त दमन शाहीले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ ०७४ मा तेस्रो पार्टीलाई पहिलो पार्टी बन्न सफल भएकोमा पार्टीका सबै तहका नेता, कार्यकर्ता आम, मतदाता लाई धन्यवाद व्यक्त गरिएको थियो भने निर्वाचित जनप्रतिनिधिलाई बधाई दिइएको थियो । साथै निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिइएको छ ।’ 

प्रदेश कार्यसमिति सभापति ललितजंग शाही र केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा शनिबार गरिएको समीक्षा बैठकले गठबन्धनको कारणले पहिलो पार्टी बन्ने आधार हो भन्ने ठहर गरिएको हो । आगामी निर्वाचनमा विधान बमोजिम प्रदेश समितिले पार्टीका विभागहरु परिचालन गर्ने प्रदेश सभापति ललितजंग शाहीले बताए । मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीका नेता कार्यकर्ता अनुसाशीत हुँदै विधि, पद्धतिमा हिँड्नु पर्ने सुझाव दिएका थिए । 

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनपक्षीय कार्यमा लाग्न उनले निर्देशन समेत दिए । शाहीले भने,‘ पार्टीको साख जोगिने गरि काम गर्नुहोस् । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने काँग्रेसको मुख्य जिम्मेवार हो ।’ 

साथै चुनावमा पार्टीका आधिकारीक उम्मेदवार पराजित गर्न लाग्ने नेताहरुलाई विधान बमोजिम कारबाही गरिने भएको छ । प्रवक्ता शाहीले भने,‘यदि पार्टीभित्रै अन्तर्घात नभएको खण्डमा ४० भन्दा बढी पालिकामा काँग्रेसले वर्चश्व जमाउन सक्थ्यो ।’ 

उम्मेदवारलाई पराजित गर्न लागिपर्ने नेताहरुलाई जिल्लाबाट यथार्थ प्रतिवेदन दिनका लागि जिल्ला कार्य समितिलाई पत्राचार गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ । 

आगामी संघ र प्रदेशको चुनावमा पनि पार्टीलाई कसरी पहिलो बनाउन सकिन्न भन्ने बारेमा पनि छलफल गरिएको छ । त्यसका लागि पार्टीलाई बलियो, संगठित बनाउन प्रशिक्षण लगायतका कार्यक्रम तय गरिएको प्रवक्ता दमन शाहीले जानकारी दिए । साथै स्थानीय चुनावमा पहिलो पार्टी बनेको र आउने निर्वाचनमा पनि पहिलो पार्टी बनाउन सम्पूर्ण काँग्रेसका नेता, कार्यकर्तामा एकताको भावना कायम गर्नुपर्ने समीक्षा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप