‘चंगुल’ भदौ १९ गते रिलिज हुने
सोमबार, २२ असार २०८३, ११ : ५१
काठमाडौँ । जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई चित्रण गरिएको चलचित्र चंगुल भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशन रहेको चलचित्रमा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाई कथा बनाइएको छ । गत वर्ष भदौ २३ र २४ को आन्दोलन र त्यही आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरूप चलचित्र भदौ १९ मा रिलिज गर्न लागिएको चलचित्रकी निर्माता मालती कार्कीले जानकारी दिइन् ।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई लगायतको अभिनय छ । विपिन आचार्य तथा नन्दनी अधिकारीको संगीत रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व, दीपेन्द्र बस्न्यातको छायाङ्कन तथा सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण