सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध

सोमबार, २२ असार २०८३, ११ : ५५
सोमबार, २२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको चौथो संशोधन विधानमार्फत परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा पूर्ण रूपमा निषेध गरेको छ ।
  • विधानको धारा ७(१) अनुसार, एकै परिवारका एकभन्दा बढी सदस्य पार्टीका कुनै पनि तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनयन वा निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।
  • विधानमा 'परिवार' भन्नाले पति, पत्नी, बाबु, आमा, सौतेनी आमाबुवा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, नातिनातिना, बाजेबज्यै, ठुलोबुवा, ठुलीआमा, काकाकाकी, फुपू, मामा, जेठान, जेठानी, जेठीसासू, देवर, नन्द, सालासाली र उनीहरूका पति वा पत्नीसमेतलाई परिभाषित गरिएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । असार(७–१२) सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन बन्देज लगाएको हो ।

विधानको धारा ७(१) मा परिवारवाद र नातावाद परिभाषित गरिएको छ ।  ‘पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको कुनै कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन’, विधानमा भनिएको छ । 

विधान अनुसार ‘परिवार’ भन्नाले पति, पत्नी, बाबु, आमा, सौतनी बुवा, सौतनी आमा, छोरा, छोरी, दाजु-भाइ, दिदी-बहिनी, नाति,नातिनी,बाजे,बज्यै,ठुलो बुवा, ठुली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली र निजका पति वा पत्नी समेतलाई जनाउने उल्लेख ।

589940776_27796846333289251_8550347028543141463_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप