एमाले भक्तपुर ठिमी नगर कमिटी सदस्य खरेलसहितका नेता-कार्यकर्ता माओवादी प्रवेश
मङ्गलबार, २८ असार २०७९, ११ : ३६
नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
एमाले परित्याग गरेका खरेल सहित नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा प्रवेश गराएका हुन् । खरेल सहित दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण