रोपाइँका लागि मल नआउने
नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए ।
असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन । तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किसकेपछि मूल्य लगायत अन्य विषयमा सम्झौताका लागि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा अर्को टोली भारत गएर फर्केको छ । प्रमुख कार्कीले मल ल्याउने विषयमा भारतसँग कुराकानी भइरहेको बताउँदै मूल्यलगायत अन्य विषयमा कागजात आदानप्रदान भएको र त्यसका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी रहेको बताए । उनले भने, “मल आउँछ तर वर्षे धान रोपाइँका लागि प्रयोग हुने गरी आउँदैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण