पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
बिहीबार, ३० असार २०७९, ०७ : ३३
गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन् । पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाउँ नै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए ।
पहिरोबाट विस्थापितलाई उद्धार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताए । पहिरोले ६ घर पुरेको छ । मानवीय क्षति भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण