कोरोना संक्रमितको संख्या हृवात्तै बढ्यो
कोभिङ-१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ। हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविके हो।
बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार दैनिक भै दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४ जनाको नमुना परीक्षण गरिएकोमार सय ६० जनामा संक्रमण पुष्टि भएको छ।
दुई अंकमा भरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २३ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन्।
अस्पतालमा रहेकामध्ये १४ जना सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराइरहेका छन्। आइसीयमा रहेकामध्ये एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण