अब १० करोडसम्म वैदेशिक लगानी अटोमेसिन स्वीकृत
विदेशी लगानीकर्ताले अनेकौं समस्या बेहोर्नु परिरहेको गुनासो सम्बोधन गर्न सरकारले वैदेशिक लगानीलाई स्वचालित प्रणाली (अटोमेसन) बाटै स्वीकृत गर्ने भएको छ।
सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले सरकारको नीतिअनुसार यो व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानीको न्यूनतम सीमा घटाउँदै साना लगानीलाई स्वचालित प्रणालीबाट स्वीकृत गर्ने व्यवस्था गरेको थियो ।
आर्थिक वर्ष २०७९र०८० को बजेट संघीय संसद्का दुबै सदनबाट पारित भइसकेकाले बजेटमा भएको यो व्यवस्था हाल कार्यान्वयनका लागि प्रक्रिया अघि बढेको र केही पूर्वाधार तयार हुनेबित्तिकै पूर्ण कार्यान्वयनमा आउने विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण