चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
चुकन्दर झैँ यसको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । चुकन्दरको जुसमा भिटामिन सी, भिटामिन बी१, क्याल्सियम, आइरन, सोडियम, पोटासियम, फस्फोरस र आयोडिन जस्ता पोषक तत्वहरू पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । चुकन्दरको जुस पिउनाले शरीरबाट रोगहरू टाढै हुन्छन् । रक्तचाप स्तरलाई कम गर्नका लागि चुकन्दरको जुस पिउनु फाइदाजनक हुन्छ । साथै, यसमा पोटासियम भरपुर मात्रामा पाइन्छ, शरीरमा पोटासियमको कमी पुरा गर्न पनि यसले सहयोग गर्छ । चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई हुने थप फाइदाबारे जानकारी लिऔँ ।
चुकन्दरको जुस पिउनुका फाइदाहरु
१. पेट सफा राख्छ
पेट सफा राख्न चुकन्दरको जुस पिउनु निकै फाइदाजनक मानिन्छ । चुकन्दरको जुसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, त्यसैले यसले पेट सफा राख्न मद्दत गर्छ ।
२. पोटासियमको कमी पूरा गर्न लाभदायक
शरीरमा पोटासियमको कमी भएमा चुकन्दरको जुस पिउनु निकै फाइदाजनक मानिन्छ । चुकन्दरको रसमा पोटासियम प्रचुर मात्रामा पाइने भएकोले शरीरमा पोटासियमको कमीलाई यसले पूरा गर्न मद्दत गर्छ । यसका साथै यसको सेवनपश्चात् मांसपेशीले राम्रोसँग काम गर्ने गर्छ ।
३. रक्तचाप नियन्त्रण गर्न लाभदायी
चुकन्दरको जुस पिउनु रक्तचाप नियन्त्रण गर्न निकै लाभदायक मानिन्छ । यसमा पाइने पोषक तत्वले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । त्यसैले चुकन्दरको जुस पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ ।
४. कोलेस्ट्रोल कम गर्न लाभदायक
कोलेस्ट्रोल कम गर्न चुकन्दरको जुस पिउनु निकै फाइदाजनक मानिन्छ । चुकन्दरको जुसमा धेरै यस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरमा बढेको कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण