तीनवटा स्थानीय तहमा शून्य बेरुजु
मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।
ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने । कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए । प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण