पूर्व मिस वर्ल्ड मानुषीको हातमा पेस्तोल किन ?
फिल्म ‘सम्राट पृथ्वीराज’ बाट अभिनय करियर सुरु गरेकी पूर्व मिस वर्ल्ड मानुषी छिल्लर ‘तेहरान’ मा पनि देखिने भएकी छन् । फिल्ममा उनी जोन अब्राहमका साथ मुख्य भूमिकामा देखिन लागेकी हुन् ।
मानुषीले जोनसँग फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मका निर्माताले फिल्मको सेटबाट मानुषीसहितको तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनी अब्राहमसँग देखिएकी छन् । तस्बिरमा मानुषी र जोन दुबैको हातमा पेस्तोल देख्न सकिन्छ ।
अरुण गोपालनको निर्देशन रहने फिल्म दिनेश विजनले निर्माण गर्न लागेका हुन् । फिल्मको कथा आशिष प्रकाश वर्माले लेखेका हुन् । फिल्म एक्सन थ्रिलर विषयमा निर्माण हुन लागेको हो । चन्द्रप्रकाश द्विवेदीको फिल्म ‘सम्राट पृथ्वीराज’ मा मानुषी छिल्लरले संयोगिताको भूमिका निभाएकी छिन् । तेहरान उनको भुमिका अहिले बाहिर ल्याइएको छैन । यो बाहेक उनी चाँडै अभिनेता विक्की कौशलको अपोजिटमा ‘द ग्रेट इन्डियन फ्यामिलीमा’ समेत देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण