माओवादीले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै
बुधबार, ०४ साउन २०७९, ०९ : ४०
कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ ।
यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्कालै राजीनामा माग गर्ने कुरा नसोचिएको बताउँछन् । ‘अझै पनि मुख्यमन्त्री गम्भीर नबने विकल्प सोच्न सकिन्छ,´ उनले भने । माओवादीले मुख्यमन्त्री गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण