शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार गठनमा भागबण्डा

ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा

एमालेले तीन र नेकपाले दुई प्रदेश सरकारकाे नेतृत्व गर्ने
शनिबार, ०९ साउन २०८३, १९ : १२
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच पाँच प्रदेशमा प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ।
  • सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।
  • प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न यो सहमति भएको हो।

काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच पाँच प्रदेशमा  प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ। 

शनिबार भएकाे सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएकाे हाे । सहमति अनुसार काेशी,बागमती र लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व नेकपाले गर्नेछ।

सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबिच सहमति पत्रमा हस्ताक्षर भएको हो।

patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप