कर्णालीको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो
कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् ।
सभामुख शाहीले बुधबार बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिए। “आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निस्कन सकेन”, सभामुख शाहीले भने, “अब फेरि अर्को बैठक बसेर छलफल हुन्छ ।” मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दलको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने सहिद परिवारका लागि सहिद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण