श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ
बिहीबार, ०५ साउन २०७९, १२ : ५९
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।
श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए ।
यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलीजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्व सार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलीजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण