४४ वर्षको उमेरमा कसरी यस्तो फिट छिन् सञ्जय दत्तकी श्रीमती मान्यता ?
२२ जुलाई सन् १९७८ मा जन्मिएकी मान्यता दत्त आफ्नो ४४ औँ जन्मदिन मनाउने तयारीमा छिन् । मान्यता दत्त बलिउडकी ती सेलिब्रिटीमध्ये एक हुन् जसले बढ्दो उमेरसँगै आफूलाई उत्कृष्ट तरिकाले मेन्टेन गरेकी छिन् ।
यदि तपाईं मान्यतालाई इन्स्टाग्राम वा ट्वीटरमा फलो गर्नुहुन्छ भने उनी सामाजिक सञ्जाल कति धेरै सक्रिय छिन् भन्ने कुरा थाहा हुन्छ । मान्यताको इन्स्टाग्राम अकाउन्ट उनको पारिवारिक फोटो र वर्कआउटको भिडियोले भरिएको हुन्छ ।
मान्यताको वर्कआउट भिडियोले के पनि प्रमाणित गर्छ भने उनी फिट रहनका लागि कति मिहिनेत गर्छिन् । परफेक्ट फिगरका लागि मान्यता दैनिक भिन्न भिन्न वर्कआउट गर्ने कुरामा विश्वस्त छिन् ।
मान्यतालाई थुप्रै पटक जिम्मा क्रस ओभर्स वर्कआउट गरिरहेको मात्रै पनि देखिन्छ जुन हात र छातीका लागि निकै राम्रो व्यायाम मानिन्छ । मान्यता हरेक दिन भिन्न भिन्न व्यायाम गर्नमा विश्वास राख्छिन् । भिन्न खालका व्यायाम गर्दा शरीर हरेक तरिकाले सक्रिय हुनेछ भन्नेमा उनको विश्वास छ । ‘एउटै खालको व्यायाम गर्दा गर्दा तपाईंलाई वाक्क पनि लाग्दैन,’ उनी भन्छिन् ।
हेभी वर्कआउटबाहेक मान्यता राम्रो डाइटमा पनि ध्यान दिन्छिन् । अर्थात्, आफ्नो फिटनेसका लागि उनी कुनै पनि खालको लापरवाही गर्दिनन् ।
फिटनेस भिडियोबाहेक मान्यता धेरैजसो सञ्जय दत्त र आफ्ना बच्चाहरुका लागि पनि पोस्ट लेख्ने गर्छिन् । यसबाहेक उनलाई घुम्न पनि असाध्यै शौख छ ।
मान्यता र सञ्जयको विवाह सन् २००८ फेब्रुअरी ७ मा भएको थियो । विवाह पछि उनीहरुका जुम्ल्याहा सन्तान भए । उनीहरुको छोराको नाम शरान हो र छोरीको नाम इकरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण