जुम्लाका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर जुम्ला जिल्लाका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
अहिलेसम्म ८६ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा बुझाउने भनेको छ,’ शर्मा भन्छन्, ‘तर आजका मिति सम्म ८६ जनाले मात्रै विवरण बुझाएका छन् ।निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार निर्वाचित उम्मेदवारहरूले समेत तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।’
जुम्लामा ८ वटा स्थानीय तह र ६० वटा वडा छन् ।जिल्लाको पातारासी गाउँपालिका र तिला गाउँपालिकाका निर्वाचित अध्यक्ष /उपाध्यक्षले समेत निर्वाचन खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कले देखाउँछ । अहिलेसम्म हिमाका ३३,सिंजाका १,तातोपानीका १३, चन्दननाथ नगरपालिका २१, गुठिचाैरका १ र कनकासुन्दरी गाउँपालिकाका १७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेस गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमार्फत सबै उम्मेदवारहरूलाई तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाउन ध्यानाकर्षण गराए पनि हालसम्म अधिकांश उम्मेदवारहरूले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण