पानी नपरेपछि देवतालाई मनाउन पुरानै संस्कार
पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरूले महिलाको पोशाक लगाउने र महिलाहरुले पुरुषको पोशाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ ।
देवताहरूलाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिहरूको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् । यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् ।
महिलाहरुले पुरुषहरूको पोशाक लगाउने र पुरुषहरूले महिलाको पोशाक लगाएर आफ्नो छिमेकी गाउँमा गइ गोरु,भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाउँका मानिसहरुले आफ्नो बन्धक बनेका गोरु, भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारूले बताइन् ।
उहाँले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताइन् । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ का फट्टु थारुले बताउँछन्।
यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण