बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उच्च अदालतमा २७ न्यायाधीश नियुक्त गर्न दरखास्त आह्वान

बुधबार, ११ साउन २०७९, १२ : ४५
बुधबार, ११ साउन २०७९

न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आह्वान गरेको हो । संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।

कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ (ग) बमोजिमको प्रक्रिया पूरा गरेको हुनुपर्ने न्याय परिषदले जनाएको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप