प्रसुनजंगले थाइल्याण्डको ‘टिन स्टार इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने
थाइल्याण्डमा आयोजना हुने ‘टिन स्टार इन्टरनेशनल’ मा नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलको सहभागिता रहने भएको छ । ब्राइट फ्युचर सेकेण्डरी स्कुल, नैकापका कक्षा ९ मा अध्ययनरत पोखरेल प्रतियोगिताका लागि आगामी साता थाइल्याण्ड उड्नेछन् ।
बैंककमा आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले आप्mनो गायन कला प्रस्तुत गर्नेछन् । परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) ‘सिंगिङ स्टार २०१९’ को विजेता भएवापत प्रसुनजंगले सो अवसर प्राप्त गरेका हुन् ।
देशभरका विभिन्न विद्यालयका हजार बढी प्रतिस्पर्धीमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एकसय चार विद्यार्थीलाई पछाडि पार्दै प्रसुनजंग डीएसए सिंगिङ स्टारमा गायन विधाको विजयी बनेका थिए । १४ वर्षीय प्रसुनले टिन स्टार इन्टरनेशनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौं प्रतिभाका बीच आफुलाई प्रतिस्पर्धामा उतार्नेछन् ।
सौन्दर्य प्रतियोगिताको शैलीमा हुने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रसुनजंगले परिचय राउन्डदेखि ट्यालेन्ट, नेशनल ड्रेसजस्ता विभिन्न चरणमा आफुलाई प्रस्तुत गर्ने बताए । प्रसुनले प्रतियोगिता मा स्पर्धा गर्ने क्रममा ट्यालेन्ट राउन्डमा गीत प्रस्तुत गर्ने तथा ड्रेस राउन्डमा राष्ट्रिय पोसाकमा सहभागी भई देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने तयारी गरेको ब्राइट प्mयुचर सेकेण्डरी स्कुलले जनाएको छ ।
ब्राइट फ्युचरका संस्थापक प्रिन्सिपल मोहन कार्कीले विद्यालयले पढाइमा मात्र नभई गायन, खेलजस्ता अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको बताए । उनले प्रसुनजंगले थाइल्याण्डको प्रतियोगिता समेत जित्ने विश्वास ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण