मतका हिसाबले एमाले कर्णालीमा लोकप्रिय पार्टी हो : यामलाल कँडेल
नेकपा एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले आगामी संघ र प्रदेशको चुनावमा एमाले कर्णालीमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् । इन्चार्ज कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बन्नसक्ने थुप्रै आधारहरू रहेको बताए । त्यसका लागि दलहरु एक्लाएक्लै चुनावी मैदानमा हुनुपर्ने उनको तर्क छ ।
बुधबार एमाले प्रदेश पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘साउन ७ र ८ गते समीक्षामुलक बैठकले कर्णालीमा पार्टीलाई थप सुदृढ र थप व्यवस्थित गर्नेगरी समीक्षा भएको छ ।’ नेता कँडेलले चुनावभन्दा पहिला नेताहरुले पहिलो पार्टी बन्ने दाबी र घमण्ड गर्नु उचित नभएको टिप्पणी गरे । गत वैशाख ३० मा सम्पन्न स्थानीय चुनावभन्दा पहिला एमालेका प्रदेशस्तरीय नेताहरुले एमाले नै पहिलो पार्टी बन्ने तर्क गरेपनि परिणामले भने सार्थकता पाएन । उनले भने, ‘पोजिसन बदलिए पनि मतका आधारमा अझै पनि एमाले लोकप्रिय पार्टीको रुपमा स्थापित छ ।’
०७४ मा पहिलो पार्टी बनेको एमाले तेस्रोमा झरेका छौं,’ उनले भने,‘त्यो हामी कमजोर भएर हाम्रो कार्यक्रम नराम्रो भएर होइन, हाम्रो लोकप्रियतालाई एक्ला एक्लै सामना गर्न नसक्ने अवस्थाको महसुस गरेर सिद्धान्त, विचार नमिल्नेहरु मिलेका कारणले गर्दा हो । यद्यपि मतका हिसाबले फेरि पनि लोकप्रिय पार्टीको रुपमा कर्णालीमा स्थापित छौं ।’
साथै उनले प्रदेश सरकारको सन्दर्भमा जोड्दै सत्तापक्षले नै संसद बहिष्कार गरेको विषयमा पत्रकारले कलम नचलाएको प्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पत्रकारहरुले प्रतिपक्षको भूमिका निभाउनुपर्ने भएपनि सत्तापक्षतिर नै मिलेजस्तो देखिन्छ । यस्तै सम्मेलनमा एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले साउन ७ र ८ गतेको बैठकबाट पारित समसामयिक प्रस्तावहरूबारे जानकारी गराएका थिए । साथै उनले कर्णालीमा एमाले पराजित हुनुको कारण र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण