शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

काठमाडौंबाट वीरेन्द्रनगर आउँदै गरेको बसमा ढुङ्गा खस्दा किशोरीको मृत्यु

बुधबार, ११ साउन २०७९, १७ : ४७
बुधबार, ११ साउन २०७९

काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ का १७ वर्षीया पार्वती शाही रहेकी छन् ।  उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना ७ ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए । 

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुनारको दाइने कानमा चोट लागेको बताइएको छ ।  


३१ जना सवार उक्त गाडी चालक वीरेन्द्रनगर नगरपालिका –३ का २९ बर्षीया नमबहादुर रोकाया प्रहरीको नियन्त्रणमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप