शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

रुकुम पश्चिमको घट्टे खोला गाउँका २५ घर जोखिममा

बिहीबार, १२ साउन २०७९, १७ : ०७
बिहीबार, १२ साउन २०७९

रुकुम पश्चिमको आठबीस नगरपालिका–७ स्थित घट्टे खोला गाउँका २५ घर बाढीपहिरोको उच्च जोखिममा छन् । घट्टे खोला बढेर गाउँमा पस्दा त्यहाँका नागरिकहरु असुरक्षित भएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार १० गतेदेखि परेको पानीका कारण घट्टे खोलामा पानीको बहाव बढेर गाउँमा पसेको थियो । घरहरु पहिरो र बाढीको जोखिममा भएकाले १ घण्टा दुरीमा पर्ने आफन्तहरुको घरमा नागरिकलाई स्थानान्तरण गरिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय आठबीसकोटलाई उद्धृत गर्दै उनले भने, ‘बिहीबार बिहान प्रहरीलाई खबर गरिएको थियो । स्थानीय तहको समन्वयमा ५ जना प्रहरीको टोली त्यहाँ खटिएको छ ।’ पाण्डेका अनुसार डोजरले खोलालाई साबिककै ठाउँमा फर्काउने काम भइरहेको छ । अहिलेसम्म मानवीय क्षति नभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप