कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा दिइने
कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा मार्फत काम गर्ने सहमति भएको हो ।
ऊर्जामन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य उर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ ।
योभन्दा अगाडी जाजरकोटका नलगाड ,बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जा मार्फत १० वर्षसम्म विद्युत लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारणा अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण