एसईईको प्राप्ताङ्कमा चित्त बुझेन ? यसरी दिन सकिन्छ निवेदन
शुक्रबार, १३ साउन २०७९, ०७ : ३२
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अनुरोध गरेको छ ।
एसईई २०७८ को साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन खुल्ला गरिएको हो ।
यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन परीक्षा नियन्त्रण कार्यालले आग्रह गरेको छ । प्रति विषय ५०० रुपैयाँ तिरेर प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण