पूर्व मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने
‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजक युहानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगिताका लागि जुनसुकै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको पहिलो अडिसन यहि साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी विभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।
मौलिक संस्कृति, जातिय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मुल्य , मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कलल्चर’ को अवधारणा ल्याइएको आयोजक युहानका निर्देशक सानु खानले बताए । ‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजिएको हो’ खानले थपे ।
प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा विभिन्न अवसर समेत प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण