सुटिङको दृश्य टिकटकमा बाहिरिएपछि तनावमा ‘छक्का पञ्जा- ४’ युनिट
अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा पात्रालाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । यो दृश्य बाहिरिएपछि निर्माण युनिट अहिले तनावमा रहेको छ ।
यो दृश्य छायाङ्कनका लागि निर्माण युनिटले लाखौ खर्चिएको देखिन्छ । टिकटकको फलोअर्स बढाउने लोभमा कसैले खिचेर हालिदिँदा पैसा र मिहिनेत दुवै पानीमा फिर्ने देखेर निर्माण युनिटमा तनाव भएका हो । फिल्म युनिट टिकटकमा बाहिरिएको दृश्य फिल्ममा राख्ने वा अर्को सिन खिच्ने दोधार रहेको युनिटका एक सदस्यले बताए ।
हेमराज विसीको निर्देशन रहने फिल्ममा दीपकराजसँगै बेनिशा हमाल, केदार घिमिरे, दीपाश्री निरौला, राज आचार्य, निर्मल शर्मा, नीर शाह, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण