निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’ घोषित
निलम गुरुङ र ईशा गुरुङ ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ घोषित भएका छन् । मिसेस तर्फको निलम र मिस तर्फका उपाधि इशाले हात पारेका हुन् ।
प्रतियोगीतामा फष्ट रनरअप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पवी गुरुङ चुनिए । विजेता सबैले उपाधिको साथमा नगद सहित बिभिन्न उपहार समेत हात पारे ।
एस.के.इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सविता गुरुङ , केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, सिता गुरुङ, महिन्द्र लिम्बु, पूर्व मन्त्री दिलमान पाख्रिन, पूर्व मन्त्री यसोदा कुमारी लामा लगायत समेत सहभागी कार्यक्रममा सास्कृतिक ताझामका साथ आयोजना भएको थियो । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एबम रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी प्रतिभा निखार्ने उदेश्यले प्रतियोगीता आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण