शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सल्यानमा जंगली च्याउ खाँदा एकै घरका ३ जना बिरामी

सोमबार, १६ साउन २०७९, ११ : ५७
सोमबार, १६ साउन २०७९

सल्यानमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । आइतबार साँझ सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मन बहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेको प्रहरीले बताएको छ । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका हुन् ।  उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकोमा केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप