विवादमा तानिएपछि ‘माग्नेबुढा’ले मागे माफी
सोमबार, १६ साउन २०७९, १४ : ०२
‘कमेडी हब’ कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन् । कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।
‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ उनले अगाडि लेखेका छन् ‘अन्जान मै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरु समक्ष हामी क्षमा माग्दछौ ।’
यससम्बन्धी कन्टेन्ट युट्युब, टिकटक र फेसबुकलगायतबाट हटाइसकेको उनको भनाइ छ। कमेडी श्रृंखला ‘कमेडी हब’ मार्फत भगवान शिवको अपमान गरेको भन्दै आलोचना भएपछि उनले माफी मागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण