भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’
दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् ।
उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो । फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।
झमकको कृति पढिसकेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शनी तय भएको फिल्मका निर्देशक विनोद विष्टले जानकारी दिए । नेपालमा झै भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय हुने विश्वास उनको छ ।
केही अगाडि नै प्रदर्शन तयारीमा रहेको फिल्म कोरोना संक्रमण बढ्न थालेपछि रोकिएको थियो । फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचायको अभिनय छ ।
त्यस्तै सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको समेत अभिनय रहेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवाद छ । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मको बद्री चौहान र उमेश सुवेदी पनि कार्यकारी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण