ब्रेकअपपछि पनि एकसाथ देखिए शमिता र राकेश !
पछिल्लो समय अभिनेत्री शमिता शेट्टी राकेश बापटसँगको ब्रेकअपको खबरका कारण चर्चामा छिन् । फ्यानहरूले दुवैलाई एकसाथ धेरै मनपराएका थिए । तर अहिले दुवै अलग भएका छन्, जसको जानकारी उनीहरुले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।
यसैबीच राकेश र शमिता अभिनित पहिलो गीत रिलिज हुन लागेको छ, जसलाई लिएर फ्यानहरु पनि निकै उत्साहित छन् । गीतको बोल ‘तेरे विचार रब दिस्दा’ रहेको छ । जसको टिजर दुबैले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका छन् । टिजर सेयर गर्दै शमिता र राकेशले लेखेका छन्, ‘हामी तपाईंको मन कब्जा गर्न आउँदैछौं ।’ टिजरमा दुबैको रोमान्स निकै राम्रो देखिन्छ, जसलाई फ्यानहरु लाइक वर्षाएका छन् ।
म्युजिक भिडियोको टिजर हेरेर फ्यानले कमेन्टको वर्षा गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘ओएमजी अब भिडियोको लागि पर्खिरहेछु ।’ अर्का एकले लेखेका छन्, ‘तिमीहरू दुवै सँगै क्यूट देखिन्छौ’ ।
त्यही क्रममा अर्काे एकले लेखेका छन् ‘लभ इज इन द एयर’ । कतिपय फ्यानले मुटु र आगोको तस्बिर समेत कमेन्टमा पोष्ट गरेका छन् ।
शमिता र राकेशको पहिलो भेट ‘बिग बोस’ मा भएको थियो । शोबाट बाहिरिएपछि दुवैले एकअर्कालाई डेट गर्न थालेका थिए । यसैबीच, अहिले केही दिनअघि उनीहरुले छुट्टिएको जानकारी दिएका थिए । उनीहरुको ब्रेकअपको कारण भने खुलेको छैन । साथै दुबैले फ्यानहरुलाई व्यक्तिगत रुपमा र म्युजिक भिडियोलाई पनि माया दिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण