विवाहको तीन महिनापछि आलियाको गुनासो : रणबीरले मेरो खुट्टा मालिस गर्दैनन्
बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् । हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो । उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मसाज नगर्ने बताएकी छिन् ।
रणबीरले आलियालाई विशेष ध्यान दिइरहेका छन्
कुराकानीको क्रममा आलिया भन्छिन्, ‘उनले सधैँ मेरो राम्रो तरिकाले ध्यान राख्छन् तर आजकाल विशेष तरिकाले हेरविचार गरिरहेका छन् । तपाईंले ‘रणबीरले खुट्टा मालिस गर्छन् त ?’ भनेर सोध्न चाहनुहुन्छ भने उनले यस्तो गर्दै गर्दैनन् । तर उनले मलाई विशेष महसुस गराउनका लागि धेरै कुरा भने गर्छन् ।’
लण्डनबाट हालै फर्किइन् आलिया
आलियालाई ‘आमा सोनी राजदान र सासु आमा नितु कपुरले पनि विशेष तरिकाले ध्यान दिइरहनुभएको छ त ?’ भनेर सोधिएको प्रश्नमा उनी भन्छिन्, ‘म भर्खरै लण्डनबाट फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङ गरेर फर्किएको हुँ । त्यसैले उहाँहरुले त्यस्तो गर्ने अवसर नै पाउनुभएको छैन ।’
रणबीर र आलियाले यसै वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरुको उपस्थितिमा विवाह गरेका थिए । विवाह अघि यी दुई पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण