‘दोख’ को अष्ट्रेलियामा प्रशंसा
बुधबार, १८ साउन २०७९, १० : ५२
अनुप बराल निर्देशित फिल्म ‘दोख’ को अष्ट्रेलियामा विशेष शो गरिएको छ । मंगलबार सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीको सहभागिता रहेको थियो । अष्ट्रेलिया फिल्मलाई प्रशंसा मिलेको निर्माता मनोज अधिकारीले बताए । उनले अष्ट्रेलियाको अन्य शहरमा पनि चाँडै फिल्मको विशेष शो आयोजना हुने जानकारी दिए ।
दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथामा निर्माण भएको ‘दोख’ मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप, राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापामगर लगायतको अभिनय छ ।
भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माता रहेको फिल्ममा राजन कठेतको कथा, शैलेन्द्र डी. कार्कीको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण