कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ
बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया तर्फ अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई गोदावरीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समिर ओली,चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिह भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । उनीहरुको साथबाट टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा, हण्डी २ केजी बरामत गरेको प्रहरीले जाएको छ ।
गोदावरी नगरपालिका २ तेघरी खानेपानी टयाक्की नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सुपप्र ०४-००१ च ०००६ बोलेरो जिपलाई नियन्त्रणमा लिई बाघको छाला हड्डी सहित सो ४ जनालाई पक्राउ गरेको हो । बाघको छाला हड्डी सहित रीत पूर्वक बरामद गरी सो ४ जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिई जिल्ला बन कार्यालय कैलाली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण