एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता
'लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भूभाग थियो, पछि हटाइयो। हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा। त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ। र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । नभन्दै हट्नुपयो पनि।' यो भनाइ तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको हो।
पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा दुईदुईपटक ९२०७७ पुस ५ र २०७८ जेठ ७० प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो। संवैधानिक व्यवस्थाविपरीत प्रतिनिधिसभा विघटन गर्ने निर्णयका कारण ओली सत्ताच्युत भए। तर ओलीले आफूले गरेको कमजोरी स्विकार्नुको साटो लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी गरेकाले आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दोहोयाउँदै आएका छन्।
उक्त भूभाग समेटिएको नेपालको नयाँ नक्सा संघीय संसद्बाट सर्वसम्मतिमा पारित भएको थियो । तर पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भोटका लागि सोमबार राजधानीमा दोहोर्याएको पुरानै अभिव्यक्तिले आन्तरिक मामिला र राजनीतिमा मित्रराष्ट्रसँगै अदालतलाई पनि तान्ने प्रयास गरेको देखिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण