काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने
महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन।
पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर मात्र उठाउन थालेको छ। अभ करिब १० दिनदेखि थपिएको घरघरको फोहोर भोलिबाट मात्र उठाउने भएको छ।
कामपाको आग्रह मान्ने जनताको घरघरमै गएर फोहोर उठाउन थालेका र बाटोको फोहोर भने दुई दिनपछि मात्रै उठाइने जानकारी दिदै कामपा वातवरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले भने, 'कामपाले सार्वजनिक सूचना जारीगर्दासमेत अटेर गरी घरको फोहोर बाटोमा फालेपछि केही दिन बाटोको फोहोर नउठाउने भएका छौं।'
महानगरले एक सातायता दैनिक करिब २ सय ट्रक फोहोर व्यवस्थापन गरिरहेको छ। हिजो शनिबार २ सय ४३ टन फोहोर बन्चरेमा पुचाइएको इन्जिनियर श्रेष्ठको भनाइ थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण