हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखले गरे यात्रा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन्।
अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बौलाले बताए।
उनले भने, 'आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ।' स्थानीय तहको निर्वाचन तथा प्रदेशहरुमा पनि विभिन्न गतिविधि बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको जनाइएको छ।
सन् २०२२ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १५ लाख १४ हजार १९१ जना यात्रुले हवाई उडान भरेका छन्। जसमा विमानस्थलबाट बाहिरिनेको संख्या ८ लाख २८ हजार र विमानस्थल भित्रिने ६लाख ८५ हजार छन्। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
-
‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ मा नेपाल लाइफलाई गोल्ड अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण