सडक दुर्घटनामा हलिउड अभिनेत्री एनी गम्भीर घाइते
आइतबार, २२ साउन २०७९, १७ : ३०
हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा गरेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।
रिपोर्टका अनुसार एनी हेचेको लस एन्जलसमा शुक्रबार बिहान कारण दुर्घटना भएको थियो । अभिनेत्रीको कार लस एन्जलसको मार भिस्टाको वाल्ग्रोभ एभिन्यूमा रहेको भवनमा ठोक्कियो । उक्त दुर्घटनामा अभिनेत्री नराम्ररी जलेकी छन् । दुर्घटनापछि उनको कारमा आगो लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
-
हाइटी र सिरियाली आप्रवासीको टीपीएस हटाउन ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण